स्वच्छ सफा र हराभरा वातावरण प्रति प्रतिबद्घता देखाउ“दै एनएमबि बैंकले एनएमबि विद्युतीय सवारी साधन र साईकल कर्जा गरी छुट्टाछट्टै कर्जा योजना प्रस्तुत गरेको छ ।
एनएमबि बैंकले यस विश्व वातावरण दिवसको अवसरमा आफ्नो क्रेडिट कार्डहरु वा एनएमबि सुलभ किस्ता योजना अन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरीद गर्दा बेस रेटमै कर्जा प्रदान गर्नुको साथै ८० % सम्म फाईनान्सिङ्ग, ७ वर्ष कर्जा अवधी, प्रशानिक शुल्कमा ०.२५% छुटको अफर ल्याएको हो ।