
एनएमबि बैंक लिमिटेड, सिप्रदी ट्रेडिङ्गबीच स्वरोजगारमूलक व्यवसायको दिगो विकास प्रवद्र्घन गर्ने उद्देश्यको साथै सहुलियतपूर्ण कर्जाको सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत श्री सुदेश उपाध्याय र सिप्रदि ट्रेडिङ्गका तर्फबाट उपाध्यक्ष श्री शौरभ राज थपलियाले एनएमबि बैंकमा आयोजित एक पत्रकार सम्मेलनमा हस्ताक्षर गर्नुभयो ।