
मनाङ जिल्लाका बाढी प्रभावितलाई एनएमबि बैंकद्वारा राहत वितरण गरिएको छ । राहतमा मिनरल वाटर, स्यानिटाईजर र मास्क वितरण गरिएकोथियो । एनएमबि बैंकको मनाङ शाखाका शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा शाखाका कर्मचारीहरु, चामे गाउपालिकाका अध्यक्ष श्री लोकेन्द्रबहादुर घले, सोही गाउँपालिकाका, वडा नं. ५ का अध्यक्ष श्री कैले गुरुङ्ग तथा स्थानीय समुदायको उपस्थितिमा उपर्यूक्त गुणस्तरीय सामग्रीहरुवितरण भएको थियो ।